६ तारिख नेपाल हाउस व्यवस्थापनको लागि नयाँ संचालक समिति गठन गरिने

Friday, February 26, 2016





करिब २ वर्ष अघि देखि एन आर एन ए कोरियाको संयोजकत्वमा कोरियामा रहेका सबै संघ संस्था पदेन सदस्य रहने गरि गठित नेपाल हाउस व्यवस्थापन समितिको नयाँ व्यवस्थापन समिति यहि मार्च ६ तारिख गठन गरिने भएको छ| नेपाल हाउस लाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि गत वर्ष सलनालमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै आर्थिक संकलन अभियान अन्तर्गत दश करोड वोन संकलन गर्ने लक्ष्य लिईएकोमा करिब १३ करोड वोन संकलन गरिएको थियो । अभियानमा नेपाल हाउस सचिवालय सहित कोरियामा रहेका ब्यबसायीहरु, संघ संस्थाहरु,पत्रकार लगायत कोरियामा रहेका समाजसेवी मनकारी महानुभावहरुको संयुक्त सहभगिता रहेको थियो । अभियान अत्यधिक सफल र ऐतिहांशिक भए पश्चात नेपाल हाउसलाई ओन्नाम दोंग सागरीबाट सिन्सल दोंगमा सारेर संचालन गरिंदै आएको छ । तथापी नेपाल हाउसको परिकल्पना अनुसार भने अझै पूर्ण हुन सकेको छैन| नेपाल हाउस कोरियामा रहेका सबै नेपाली समुदायको सरोकारको बिषय भएकाले यहि मार्च ६ तारिख कोरियामा क्रियासिल सबै किसिमका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ब्यवसाही तथा नेपाली दाजु भाई दिदीबहिनीहरुलाई उपस्थित भै नयाँ कार्ययोजना सहित संचालक समिति गठन गर्ने प्रक्रियामा सहभागी भै दिनुहुन नेपाल हाउस व्यवस्थापन समितिका संयोजक बिनोद कुँवरले अनुरोध गर्नु भएको छ ।
स्थान :नेपाल हाउस सिन्सल दोंग
मिति :२०१६ मार्च ६ तारिख
समय : दिनको १:०० बजे

Read more...

नेपाल हाउस संचालन र उपयोग सम्बन्धि नयां नियम पारित

Sunday, December 6, 2015



राजधानी सउलको तोङदेमुनमा संचालनमा आई रहेको नयां नेपाल हाउस ब्यबस्थित रुप, संचालन गर्नको लागि हाल कृयाशील सचिवालयको बिशेष बैठकले नेपाल हाउस संचालन र त्यसको उपयोग सम्बन्धि केहि निर्णयहरु बाहिर ल्याएको छ । नेपाल हाउस सचिवालयका संयोजक बिनोद कुंवरको सभापतित्वमा संचालन गरिएको बैठकमा उपस्थित सचिवालयका पदाधिकारीहरुको सामूहिक छलफलबाट यथाशिघ्र कार्वान्यनमा ल्याउने गरि तल उल्यखित निर्णयहरु गरिएको छ । 
सचिवालयको पूर्ण बैठकले गरेको निर्णय अनुसार:

Read more...

नेपाल हाउसलाई सहयोग गर्नु हुने बुसान क्षेत्रका सहयोगि महानुभावहरुलाई सम्मान गरिंदै

Wednesday, November 11, 2015

नेपाल हाउस ब्यबस्थापन समितिले  ब्यबस्थित नेपाल हाउसको लागि संचालन गरेको दश करोड वन संकलन अभियानमा बुसान क्षेत्रबाट आर्थिक सहयोग गर्नु हुने सहयोगि महानुभावहरुलाई बुसान शुभ दिपावली कार्यक्रम २०१५ मार्फत सम्मान गरिने जानाकारी गराउंदै अभियानमा सहबागि  सहयोगि महानुभावहरुलाई शुभ दिपावली कार्यक्रममा सहभागि भई नेपाल हाउसको तर्फबाट सम्मान ग्रहण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

स्थान: सासाङ कन्टेईनर आर्ट्स, टर्मिनल बुसान
मिति: १५ नोभेम्बर २०१५
सम्पर्क: बिनोद कुंवर (नेपाल हाउस संयोजक) ०१० ३२८१ ४७८६
एल बि बिष्ट - (नेपाल हाउस बुसान संयोजक)०१०६८३०६८५२

Read more...

धुलिखेलका केशव सापकोटालाई हवाई टिकट सहयोग

Thursday, June 11, 2015

सुनौलो  सपनाको साथ धुलिखेल ६ बाट कोरिया आउनु  भएको भएता पनि कहिल्य अस्पतालको बेड त कहिल्य नेपाल हाउसको वास गर्दै प्रवासी जीवन बिताउनु भएका केशव सापकोटाले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन ५ लाख वन सहयोग गर्नु भएको भएता पनि अचानक कोरियाली अध्यागमणको धरपकडमा पर्नु भई स्वदेश फरकनु पर्ने भएकोले हवाई टिकट बराबरको रकममा समस्या पर्न आए पछि सहयोग स्वरुपको ५ लाख गरि ७ लाख २५ हजार वनमा हवाई टिकट उपलब्ध गराई स्वदेश पठाईएको छ । सहयोग बराबरको ५ लाख वन सहित संयोजक तथा ब्यबासायी बिनोद कुंवरबाट ७५ हजार वन, डि आर ईनर्नेशनलका संचालक दिपक पुन बाट ५०,००० लक्षमी रेष्टुरेण्टका संचालक द्दय रबिन तामाङ र तारा केसीबाट जनही ५० हजारको दरले सहयोग गरिएको बताईन्छ । सहयोग सम्बन्धि लिंक हेर्न यहां क्लिक गर्नु होस

Read more...

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP